एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा आज नेपाल र मलेसिया भिड्दै

मंगलबार, चैत्र १२, २०८१

theme

एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । 

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ। समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ। 

फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ। नेपालले अहलेसम्म मलेसियालाई हराउन सकेको छैन। नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ। जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो। नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो। जसमा नेपाल २–० गोलले पराजित भएको थियो ।

सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए। 

मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ।  नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ। मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल