कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको वताउनुभएको छ ।
विगत पाँच वर्षमा १ खर्व ५ अर्व रुपैया रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयवाट जाने अनुदान भने अहिले रोकिएको वताउनुभयो । नेपाल उधोग वाणिज्य महासंघको कृषि उधम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सवै अनुदान पारदर्शीे हुने र कसले केका लागि कति रकम लिएको हो सवैले थाहा पाउन सक्ने अवस्था वनेको छ ,भन्नुभयो ।
कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सवै क्षेत्रको प्रयास जरुरी रहेको र नीजि क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने वताउनुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल