बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

बिहीबार, चैत्र १४, २०८१

theme

काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको ज्यान गएको छ ।

बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो । उक्त गाडी उनका बाबू सरोज बरालले चलाइहरेका थिए ।  सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए ।

स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो । उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिए ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल