खम्बामा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन जना पक्राउ

शुक्रबार, चैत्र १५, २०८१

theme

दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि निर्घात कुटपिट भएको छ। शिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरेको पाइएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो घटना गाउँमै मिलाइएको रहेछ,' अधिकारकर्मी खड्काले भनिन्, 'पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो । स्रोतका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर मुद्दा गाउँमै मिलाएका थिए। त्यसमध्ये पनि उनीहरूले गाडी भाडा लागेको भन्दै नौ हजार रूपैयाँ लगेका थिए। पीडितले ६१ हजार रूपैयाँ पाएकी थिइन्। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय 'भद्रभलादमी' को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको स्रोतले बताएको छ । शिलाका श्रीमान जेलमा छन्। जीवनयापनका लागि उनी सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि अमानवीय तरिकाले कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन् ।

हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो,' उनले भने, 'पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई आजै (बिहीबार) हामीले नियन्त्रणमा लिइसकेका छौं।' भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको ६१ हजार रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए।

स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर सवाल पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो,' अधिकारकर्मी खड्काले भनिन्, 'एक अबला नारीलाई रातिको समयमा बोलाएर, पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ भन्ने हाम्रो माग हो।  शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए। त्यसको तीव्र विरोध र आलोचना हुन थालेपछि उनलाई स्थानीय मेडिकलमा लगेर उनीहरू आफैले उपचार गरेको भन्ने खुलेको छ ।

अर्की एक अधिकारकर्मीका अनुसार शिलाले घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ भइरहेको बताएकी छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ