नीलकण्ठ नगरपालिका वडा नं १२ ढलेवर मरणघाट क्षेत्रमा रहेका ग्यारेज, खाजा घर तथा अन्य विभिन्न व्यवसायहरुको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा ग्यारेज तथा अन्य व्यवसायहरुबाट निस्केका फोहोरहरुको उचित व्यवस्थापन नभएकाले तत्काल व्यवस्थापन गर्न, नगरपालिकाको फोहोर संकलन गर्ने सवारीसँग समन्वय गर्न तथा दर्ता नविकरण नभएका व्यवसायहरु १ हप्ता भित्र वडा कार्यालयमा गइ दर्ता नविकरण गर्न सचेत गराइएको छ । अनुगमन कार्यमा नगरपालिका कार्यालयका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख रोशन कोइराला, नगर प्रहरी प्रमुख डिल्लीरमण लंसाल, १२ नं वडाका वडा सदस्य काली रोक्का, वडा सचिव अञ्जली श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी नारायण लाल श्रेष्ठ, टोल विकास संस्था महासंघका सचिव काजीमान रोक्का सहित नगर प्रहरीहरुको सहभागिता रहेको थियो ।




गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल