राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु,११० जना सुरक्षाकर्मी घाइते,१४ ठाउँमा आगजनी

शनिबार, चैत्र १६, २०८१

theme

काठमाडौंको तीनकुनेमा शुक्रबार दिउँसो राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु, ११० जना सुरक्षाकर्मी घाइते १४ ठाउँमा आगजनी भएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार राजावादीहरूको प्रदर्शनमा ११० जना सुरक्षाकर्मी घाइते भएका छन्। घटनामा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको परिसरले जनाएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । राजावादीबाट आगजनी भएको घरसँगै पत्रकार सुरेश रजकको शव फेला परेको छ । शव  पत्रकार रजकको पुष्टि भएको र रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको क्षति विवरण अनुसार शुक्रबार प्रदर्शनकारीहरूले  ९ वटा सरकारी सवारी साधन, ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ