म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार छ सय ४४ पुगे र तीन हजार चार सय भन्दा धेरै घाइते भएका छन् भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
आज तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना-साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ । भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ ।
१७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको बीबीसीले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल