धादिङबेसीमा नेकपा एमालेले आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धी र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रहेको बताएका छन् ।
नागरिक समाजका अगुवा अधिवक्ता विश्वराज अधिकारीले पंचायतको कालरात्री, राजाको प्रत्यक्ष शासनको बरबर दमन ब्यहोरेकाे र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धी विकास भएको अवस्थामा राजनीतिक नेतृत्वको आचरण सुधार नागरिकले खोजेको बताउँदै पूर्वराजावादीले अराजकता मच्चाएर स्वार्थ पूर्ति गर्न खोजेको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रको उपलब्धी र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले लोकतान्त्रिक गणतन्त्र विना नागरिक अधिकार र विकास सम्भव नहुने भएकोले एकढिक्का भएर संस्थागत विकासमा लाग्नु पर्ने बताएका हुन् ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको थियो । गणतन्त्रले दिएका यावत विकास पूर्वाधार, मानवअधिकार, प्रेस स्वतन्त्रता र राज्यशक्तिको श्रोत जनता बनाइएको संबिधानको रक्ष ागर्न नागरिक समाज र गणतन्त्रवादी राजनीतिक दल एक ठाउँमा उभिएर उपलब्धीको रक्षा गर्नु पर्ने बताउनुभएको छ । कार्यक्रममा गैसस महासंघका कार्यवहाक अध्यक्ष अधिवक्ता तोलाकुमारी पाठक, अधिवक्ता गोपि अर्याल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष नवराज छत्कुली, पत्रकार राजाराम शर्मा, महिला मानवअधिकार रक्षक गायत्री खतिवडा लगायतले गणतन्त्रको पक्षमा एक ढिक्का हुने बताउँदै राजनीतिक नेतृत्वको सुधार गर्ने र अनियमितता अन्त्य गर्दै जनताको पक्षमा का मगर्न आग्रह गरिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले गणतन्त्रले विकास, स्वास्थ्य, शिक्षा र आम रुपमा सूचनाको पहुँच दिएको बताउँदै संचारकर्मीहरुका लागि लोकतान्त्रिक गणतन्त्रविना स्वच्छ पत्रकारिता सम्भव नभएको बताउनुभएको छ । जनतालाई चरम गरिवी , अशिक्षा, र विकासका पूर्वाधारबाट अलग राखेको राजतन्त्रले गढातन्त्रपछि छटपटाएको, केही भएन भनेर गलत आरोप लाएको र दण्डहीनता र अनियमितताको आरोप लगाएर व्यवस्था विरुद्ध लाग्नेहरुलाई पाठ सिकाउनुपर्ने नागरिक अगुवाहरुको भनाइ छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल