ads

म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १८ जना गैरआवासीय नेपालीको मृत्यु

सोमबार, चैत्र १८, २०८१

theme

म्यानमारमा विनाशकारी भूकम्पपछि भौतिक संरचना भत्कँदा नेपाली मूलका म्यानमारी नागरिकको मृत्यु हुने संख्या १८ पुगेको छ ।

 

भूकम्पबाट बढी क्षति पुगेको मान्डले क्षेत्रमा ३०–३५ हजारको संख्यामा नेपाली मूलका म्यानमारी नागरिकको बसोबास रहेको र १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ । गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले बताएका छन् ।  हामी विश्वभरका सबै एनसीसीहरूलाई विनियोजन गरिएको कोषमा थप्न रकम सङ्कलन कार्यक्रम सुरु गर्न अनुरोध गर्दछौं’, उनले भनेका छन्, ‘हामी साँच्चै विश्वभरका नेपालीद्वारा नेपालीको लागि योगदान गर्न चाहन्छौँ ।

शुक्रबार (मार्च २८) म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो । भूकम्पपछि संरचना भत्कँदा हालसम्म एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल