बाजुरामा बाघकाे आक्रमणबाट एक बालककाे मृत्युु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आईतबार राति घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरेको थियो । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावत रहेका छन् ।
तत्काल स्थानीयहरुले हाेहल्ला गरेपछि छानोदेखि करिब १५० मिटर टाढा बालकलाई छोडेर बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बहादुर बाेहराले बताएका छन् । साे घटनाकाे जानकारी पछि प्रहरी चाैकी माैरेबाट प्रहरीको टाेलि घटनास्थलमा पुगेको थियो । मृतक बालकको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ