बाजुरामा बाघकाे आक्रमणबाट एक बालककाे मृत्युु

सोमबार, चैत्र १८, २०८१

theme

बाजुरामा बाघकाे आक्रमणबाट एक बालककाे मृत्युु भएकाे छ ।


जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आईतबार राति घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरेको थियो । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धुर्ताेलाका दिल्ली बहादुर रावतको छोरा अन्दाजी ८ वर्षीय बिजय रावत रहेका छन् । 

तत्काल स्थानीयहरुले हाेहल्ला गरेपछि छानोदेखि करिब १५० मिटर टाढा बालकलाई छोडेर बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बहादुर बाेहराले बताएका छन् । साे घटनाकाे जानकारी पछि प्रहरी चाैकी माैरेबाट प्रहरीको टाेलि घटनास्थलमा पुगेको थियो । मृतक बालकको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल