काठमाडौं स्थित तिनकुनेमा एक पत्रकार सहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रसासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको छ ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको नेतृत्वमा जिल्ला प्रसासन कार्यालय पुगेको संचारकर्मीहरुको टोलीले सो ध्यानाकर्षण पत्र बुझाउदै संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई दिइएको सो ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको,अन्नपुर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुईतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरि क्षति पुर्याएको,कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरि क्षति पुर्याएको,हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरि क्षति पुर्याएको,पत्रकार दिनेश गौतममाथि आक्रमण गरि खुट्टा भाचेको र फोटो पत्रकार निराज तामांगको क्यामेरा हराएकोमा ति घटनाहरुको निश्पक्ष छानविन र दोषीलाई कडा कार्यवाहीको मांग सहित सो ध्यानाकर्षण पत्र दिइएको हो ।

यता पत्रमै ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरि हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कार्यवाही गर्न तथा उनको परिवारलाई क्षतिपुर्ति दिन,संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सवैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सन्चारगृह र संचारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन उल्लेख छ ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलगनलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत मांग गरिएको छ । एक साताभित्रै सम्बोधन x'g विश्वसनिय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकालई ध्यानाकर्षण गराउदै मांग पुरा नभए देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझेका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे तत्काल पत्र संघिय सरकारलाई पठाउने प्रतिवद्धता जनाउदै पत्रकारहरुसंग भएको घटनाप्रति प्रसासन कार्यालय र नेपाल सरकार समेत गम्भिर रहेको बताए ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल