लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

मंगलबार, चैत्र १९, २०८१

theme

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक मंगलबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल गरिएको छ ।

लुम्बिनी प्रदेश बहुप्रकोपको जोखिममा रहेको छ । प्राकृतिक रूपमा भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी, अतिवृष्टिको जोखिम छ । गैरप्राकृतिक रूपमा महामारी, आगलागी, जल दुर्घटना, सडक तथा औद्योगिक दुर्घटनाको जोखिम रहेको छ । 

मुख्यमन्त्री आचार्यले प्रभावकारी विपद् व्यवस्थापनका लागि विपद् पूर्व, विपद् भएको अवस्था र विपद् पश्चातको अवस्थालाई ध्यानमा राखेर प्रभावकारी काम अघि बढेको बताउनुभयो । विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँदै क्षति न्यूनीकरणमा सबैको ध्यान जान जरुरी छ,उहाँले भन्नुभयो-`विपद्मा सडक अवरुद्ध नहुने व्यवस्था गर्नुपर्छ । अवरुद्ध भएको खण्डमा तत्काल सुचारू गर्नुपर्छ । राहत वितरणमा ढिलाइ हुन नदिन जिल्ला तहबाट आउने सिफारिस छिटो आउने वातावरण बनाउनुपर्छ । सरकारले राहत वितरणमा ढिलाइ गर्दैन । बैठकले पाल्पाको पर्यटकीय गन्तव्य रानीमहलको नदी कटान संरक्षण, तानसेनको सुकुम्बासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिंचाइको काम अघि बढाउन बजेट छुट्याउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीहरूले विपद् पूर्व तयारीको बारेमा बैठकमा जानकारी गराएका छन् ।  बैठकमा स्वास्थ्यमन्त्रि खेमबहादुर सारु, प्रदेश सभा सदस्य इन्द्रजीत थारु, प्रमुख सचिव बावुराम अधिकारी लगायतले सम्बाेधन गर्दै विपद् व्यवस्थापनकाे कामलाई प्रभावकारी बनाउन समुदाय, सुरक्षा निकाय र सरकारकाे विचमा सहकार्यमा जाेड दिनु भएको थियाे । बैठककाे सहजिकरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फाेकल पर्सन गंगाधर पाण्डेले गर्नु भएको थियाे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल