नीलकण्ठ ७ मा एकिकृत घुम्ती शिविर सम्पन्न

बुधबार, चैत्र २०, २०८१

theme

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ हिटीमा मंगलबार एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।


शिविरमा स्वास्थ्य परिक्षण तथा औषधी वितरण,जेष्ठ नागरिक परिचय पत्र वितरण,अपाङ्गता परिचयपत्र वितरण,गोवर परिक्षण,एन्टिरेबिज सेवा,पशु बिरामीलाई औषधी वितरण सेवा र आयुर्वेद सेवा प्रवाह गरीएको थियो । शिविरमा २६६ जनाको स्वास्थ्य परिक्षण,१३५ जनालाई औषधी वितरण,३३ जनाको खकार परिक्षण,४८ जनाको सुगर जाँच,५०  जना महिलाको भिआईए परिक्षण,११३ जनाको आँखाको परिक्षण,८० जनालाई औषधी वितरण,७ जनाको मोतियाविन्दुको समस्या देखिएको थियो । यसैगरी १४६ जनाले आयुर्वेद सेवा लिएका छन् भने जेष्ठ नागरिक परिचय पत्र वितरण १० जनालई वितरण गरीएको छ । शिविरमा कृषि विउविजन वितरण १२१ जना,रोजगार परामर्श तथा कानुनी सेवा ६८ जनाले लिएका छन् । भेटेनरी तर्फ  ११६ जना  किसानले सेवा लिएका छन् जसमा एन्टिरेबिज भ्याक्सीन ७ वटा कुकुरलाई लगाईएको,गोवर परिक्षण १० वटा पशुको गरिनुका साथै १९९० पशुपंक्षिको औषधी वितरण गरीएको नगरपालिकाले जनाएको छ ।

 

एकिकृत घुम्ती शिविरमा नगरपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएको थियो । नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा गाउँमै सम्पुर्ण सेवा पाएपछि स्थानीयहरु खुसि भएका छन् । स्थानीय नागरिकहरुलाई घरआँगनमै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर सन्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ