आज काठमाण्डौका तीन स्थानमा प्रदर्शन हुने भएको छ,ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
कार्यक्रम हुने ठाउँ हुँदै चल्ने गाडीका चालकले अरु वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले बिरोधका कार्यक्रम गर्न लागेका हुन्। प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ ।
यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ । नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने तय भएको छ। नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल