आज काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शनको तयारी,वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध

मंगलबार, चैत्र २६, २०८१

theme

आज काठमाण्डौका तीन स्थानमा प्रदर्शन हुने भएको छ,ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

कार्यक्रम हुने ठाउँ हुँदै चल्ने गाडीका चालकले अरु वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले बिरोधका कार्यक्रम गर्न लागेका हुन्। प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ ।

यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ । नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने तय भएको छ। नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ