टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अहिले नेपालले टस जितेर पनि फिल्डिङ रोज्यो

बुधबार, चैत्र २७, २०८१

theme

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट हङकङमा चलिरहेको चारदेशीय शृङ्खलामा अहिले कतारसँग नेपालले टस जितेर पनि फिल्डिङ रोजेको छ ।

आजदेखि शुरू भएको चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । यो सिरिजका लागि लोकेश बम, साहब आलम, बसिर अहमदले टोलीमा पुनरागमन गरेका छन् भने नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने यस पटक समावेश छैनन्। शल्यक्रियापछि सन्दीप रिकभर गरिरहेको र अनिल चोटका कारण यसपटक टोली बाहिर परेका हुन्। 

टोलीका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल अप्रिल २४ पछि मात्र टोलीको जिम्मेवारीमा आउने हुँदा यो सिरिजमा क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिएको छ। 

नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ