ads

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अहिले नेपालले टस जितेर पनि फिल्डिङ रोज्यो

बुधबार, चैत्र २७, २०८१

theme

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट हङकङमा चलिरहेको चारदेशीय शृङ्खलामा अहिले कतारसँग नेपालले टस जितेर पनि फिल्डिङ रोजेको छ ।

आजदेखि शुरू भएको चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । यो सिरिजका लागि लोकेश बम, साहब आलम, बसिर अहमदले टोलीमा पुनरागमन गरेका छन् भने नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने यस पटक समावेश छैनन्। शल्यक्रियापछि सन्दीप रिकभर गरिरहेको र अनिल चोटका कारण यसपटक टोली बाहिर परेका हुन्। 

टोलीका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल अप्रिल २४ पछि मात्र टोलीको जिम्मेवारीमा आउने हुँदा यो सिरिजमा क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिएको छ। 

नेपालले सिरिजको दोस्रो खेल चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल