कृषि क्षेत्रको विकासका लागि सद्स्री रास्ट्रहरुको सहकार्यमा जोड,मन्त्री अधिकारीको भनाई

बुधबार, चैत्र २७, २०८१

theme

 कृषि क्षेत्रको विकासका लागि विम्स्टेक सद्स्री रास्ट्रहरुको सहकार्यमा जोड तेस्रो विमस्टेक कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकले संयुक्त वक्तव्य  जारी गरेको छ ।

 

मन्त्रीस्तरिय वैठकमा ३ देशका मन्त्रीहरुको  सहभागीता रहेको  थियो ।  बाकी  ४ सदस्य रास्ट्रका मन्त्री तथा प्रतिनिधिहरु भर्चुअल रुपमा सहभागी हुनुभयो । बैठकको अध्यक्षता गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरुलाई स्वागत गर्नु हुँदै कृषि क्षेत्रको विकासका लागि विम्स्टेक सद्स्री रास्ट्रहरुको सहकार्यमा जोड दिनु भयो । जल वायु परिवर्तन , विषादीको बढदो प्रयोगले विम्स्टेक अन्तरगतका रास्ट्रहरुमा चुनौती थपेको उल्लेख गर्दैमन्त्री अधिकारीले यस्को सामना गर्न सदस्य रास्ट्र विचको सहकार्य आवश्यक रहेको वताउनुभयो । भारतका कृषिमन्त्री शिवराज चौहानले  विमस्टेक रास्ट्रहरुमा कृषि , पशुपन्छी , तथा मत्सय पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य रास्ट्र विचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिनुभयो । यस अघि बसेको उच्च अधिकारीको बैठकले  संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रीस्तरीय वैठकले यसलाई  अनुमोदन गरेको हो । 


 

 

आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहान विच दिपक्षीय भेटवार्ता भएको छ । भेट्वार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिनुभयो । भेटवार्तामा भारतिय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरि सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  यसै गरि भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सग पनि दिपक्षिय भेटवार्ता भएको छ । भेट्वार्तामा  कृषिमन्त्री अधिकारीले भुटान र नेपाल विच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बिच याकको विकासमा सहकार्य गर्न सकिने वताउनुभयो ।

 

 

भुटानका मन्त्रीले  दुई देशका प्रयासहरु समान र साझा रहेकाले नेपाल र भुटान विच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो । भेटवार्तामा दुबै देशको कृषि मन्त्रालयका उच्चअधिकारीको सहभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल