पोखरा महानगरपालिका वार्ड नं. १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहाम विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।
महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयज्यू बाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवच भइरहेको छ । बाल विदुषी पाण्डेको मुखारबिन्दबाट कथा श्रवण गर्नका लागि अहिले भक्तजनहरुको उपस्थिती बाक्लो देखिएको छ । कथा प्रारम्भ भएको दोस्रो दिन मै कथा श्रवणका लागि हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।बाल विदुषी अनुराधा पाण्डेयज्यूले शुक्रबारदेखी कथा प्रवचन गर्न सुरु गरेकी हुन् । उनले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
अहिले कथा प्रवचन लगायतका कार्यक्रमहरु बिरौटाको प्रगतीटोलमा राष्ट्रिय भजन प्रतियोगीताको लागि तयार पारिएको पण्डालमा प्रस्तुत गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ