पोखरा महानगरपालिका वार्ड नं. १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहाम विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।
महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयज्यू बाट अहिले संगीतमय श्रीमद्भागवत कथा प्रवच भइरहेको छ । बाल विदुषी पाण्डेको मुखारबिन्दबाट कथा श्रवण गर्नका लागि अहिले भक्तजनहरुको उपस्थिती बाक्लो देखिएको छ । कथा प्रारम्भ भएको दोस्रो दिन मै कथा श्रवणका लागि हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।बाल विदुषी अनुराधा पाण्डेयज्यूले शुक्रबारदेखी कथा प्रवचन गर्न सुरु गरेकी हुन् । उनले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
अहिले कथा प्रवचन लगायतका कार्यक्रमहरु बिरौटाको प्रगतीटोलमा राष्ट्रिय भजन प्रतियोगीताको लागि तयार पारिएको पण्डालमा प्रस्तुत गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल