चारदेशीय टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपालले कुवेतसँग हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज बिहान सवा ११ बजे फाइनल खेल हुनेछ ।
हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो । नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। हङकङ र कतारले तेस्रो स्थानका लागि आजै खेल्दैछन्। लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो । जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो ।
नेपाली टिममा नेपाली टोली रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन्।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल