बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नं. २ बराहताल नजिकै कटेरी भन्ने स्थानमा सोमबार विहान करिब ११ बजे ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
नयाँ वर्षको अवसरमा तमानखोला गाउँपालिका स्थित बराहताल युवा क्लबले आयोजना गरेको नयाँ वर्ष विशेष कार्यक्रममा सहभागी हुने र नयाँ वर्ष मनाउने यात्रुहरुलाई पिकअप जिपले बोंगादोभानबाट लिएर बराहतालतर्फ जाँदै गर्दा साँघुरो बाटो र गाडीमा बढी ओभरलोड भएका कारण गाडी पछितिर धकेलिंदा सडकबाट दुर्घटना भएको बताइएको छ । घाइतेहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ । भने ती मध्ये दुई जनालाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ रेफर गरि पठाइएको छ । घाइतेमध्ये धेरैजसो तमानखोला गाउँपालिकाका कर्मचारीहरु रहेको खुल्न आएको छ । धौलागिरी अस्पताल रेफर गरी पठाइएको बुर्तिबाङ अस्पतालका प्रमुख डा. नविन्द्र ढकालले जानाकारी दिनुभयो । साथै बाँकी घाइते बिरामीहरुको अवस्था अहिले खतारा मुक्त रहेको उहाँले बताउनु भयो ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल