बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नं. २ बराहताल नजिकै कटेरी भन्ने स्थानमा सोमबार विहान करिब ११ बजे ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
नयाँ वर्षको अवसरमा तमानखोला गाउँपालिका स्थित बराहताल युवा क्लबले आयोजना गरेको नयाँ वर्ष विशेष कार्यक्रममा सहभागी हुने र नयाँ वर्ष मनाउने यात्रुहरुलाई पिकअप जिपले बोंगादोभानबाट लिएर बराहतालतर्फ जाँदै गर्दा साँघुरो बाटो र गाडीमा बढी ओभरलोड भएका कारण गाडी पछितिर धकेलिंदा सडकबाट दुर्घटना भएको बताइएको छ । घाइतेहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ । भने ती मध्ये दुई जनालाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ रेफर गरि पठाइएको छ । घाइतेमध्ये धेरैजसो तमानखोला गाउँपालिकाका कर्मचारीहरु रहेको खुल्न आएको छ । धौलागिरी अस्पताल रेफर गरी पठाइएको बुर्तिबाङ अस्पतालका प्रमुख डा. नविन्द्र ढकालले जानाकारी दिनुभयो । साथै बाँकी घाइते बिरामीहरुको अवस्था अहिले खतारा मुक्त रहेको उहाँले बताउनु भयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ