पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आज गरिने भएको छ ।
आज बिहान ठीक ११ बजेर १ मिनेट जादाको उत्तम साहितमा नै भूमी पुजन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ ।
नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखी कथा प्रवचन गरिरहेकी छन् । कथा वाचिका पाण्डेले अगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्नेछिन् । आज बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।
त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजकले जानकारी दिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ