काठमाडौंमा चलचित्र आज ‘वरिष्ठ बलराम’को शुभमुहूर्त गरिएको हो ।
चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्,लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने,निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न जिल्लामा हुने निर्देशक पौडेलले बताएका छन् । चलचित्रमा मनकृष्ण महर्जनको डीओपी रहनेछ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, गौमाया गुरुङ, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रधान हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहनेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल