स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको, प्रचण्डको भनाई

बुधबार, बैशाख ३, २०८२

theme

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गर्नुभएको छ ।

 

स्थानीय रूपमा सुरु गरिएको यस चिकित्सालयले आज देशकै महत्वपूर्ण स्वास्थ्य संस्थाको रूपमा परिचय बनाइसकेको छ, उहाँले भन्नुभयो। “नेपालको योगा तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणाली र एलोपेथिक प्रवृत्तिमा देखिएको बेथिति हटाउँदै, सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले यस अघि महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन समेत गर्नुभएको थियो। प्रधानमन्त्री रहेका बेला उहाँले संघीय सरकारबाट १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रदेश सरकारलाई पनि थप लगानी गर्न आग्रह  गरेको जानकारी दिनुभयो ।

 

 

उहाँले चिकित्सक अभावको विषय उठाउँदै आवश्यक पाठ्यक्रम तयार गरी शिक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो। साथै, व्यवस्थापन र भवन निर्माणमा आवश्यक पहल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल