पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ ।
पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेता पनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।
त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ ।
त्यस्तै यज्ञ पनि खनिएको छ,ठीक ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड अनिएको हो । उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी ज्यू ,पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ