गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल

सोमबार, बैशाख ८, २०८२

theme

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश माननिय विन्दु पौडेलले बताएकी छन् । 

कार्यक्रममा कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उनले भनिन–“नेपालमा कसैले आटन नसकेको कोटिहोम महायज्ञ हाम्रो पोखरामा सञ्चालन भएको छ । यो अत्यन्तै गर्वको कुरा हो ।  यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउछ नै यसको साथै पोखराका गरिमा पनि थप बलियो हुने छ । सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी माननिय पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल