कृषि तथा पशुपन्छी विकास मन्त्री द्वारा रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन

सोमबार, बैशाख ८, २०८२

theme

कृषि तथा पशुपन्छी विकास मन्त्री  रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

 

मन्त्री अधिकारीले परियोजन मार्फत  संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताउनुभयो ।  परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा  युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले  बनाएको पाइयो मन्त्री अधिकारीले, भन्नुभयो । यान्त्रिकरण  सहितको आधुनिक  कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई  यसै तर्फ केन्द्रित गरीने मन्त्री अधिकारीले वताउनुभयो । सरकारले गर्ने लगानी आमनागरिककै श्रोत भएकाले यसको सहि सदुपयोग गर्दै प्रतिफल लिनपनि किसान तथा उधमीहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो । 

 

 रुपन्देहीको सियारी गाउॅंपालिकामा संचालित परियोजना कार्यन्वयन एकाइको माछा सुपरजोन कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदान मार्फत संचालित माछा प्रशोधन केन्द्रको निरीक्षण गर्नुहुदै  मन्त्री अधिकारी ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल