मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्याली भव्य रूपमा सम्पन्न भएको छ ।
बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए । र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।
र्यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे। धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्यालीको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई हौसला प्रदान गर्दै स्वागत गरे। अतिथिको विशेष आकर्षणमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवरको सहभागिता रहेको थियो। उहाँले मोटरसाइकल र्यालीको आयोजनाले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो। मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। फाउण्डेशनका अनुसार,बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्याली र बैशाख १२ गते ट्याक्सी र्याली सम्पन्न भइसकेका छन्।
र्यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह जागेको छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ