गण्डकी कोटिहोममा जारी ४१ दिने महायज्ञको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले धर्मको सार र यसको सामाजिक महत्त्वबारे प्रकाश पारेका छन् ।
गण्डकी कोटिहोमको धार्मिक र सामाजिक अभियानलाई गण्डकी प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यो महायज्ञले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आध्यात्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, "धर्मले कसैलाई विवाद गराउँदैन, कसैलाई राम्रो वा नराम्रो भन्दैन। कोटिहोममा सहभागी हुने सबै दानी हुन् र उनीहरूको योगदानको उच्च सम्मान हुन्छ।" बरालको भनाइ र गण्डकी कोटिहोमको यो पहलले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
वैशाख ३ गतेदेखि सुरु भएको यो महायज्ञमा देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षित छ। कार्यक्रममा भजन, सत्सङ्ग, कथा प्रवचन, पूजापाठ र सांस्कृतिक प्रस्तुतिहरू आयोजना भइरहेका छन्। सुश्री अनुराधा पाण्डेय, देवी प्रतिभा, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतका धर्मगुरुहरूले कथावाचनमा सहभागिता जनाइरहेका छन् ।
आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले युवा पुस्तालाई सांस्कृतिक र रचनात्मक गतिविधिमा सहभागी गराउने लक्ष्य राखेको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल