दिलिप श्रेष्ठ,फोटो
आज त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर १ सल्यानटारमा नेपाली सेनाले विभिन्न तालिम अभ्यासहरुमा गर्ने प्यारा जम्प गरेको छ ।

आज सोमबार बिहान धादिङको पर्यटकीय क्षेत्र सल्यानटारमा सेनाले तालिम अभ्यासका रुपमा विभिन्न जिल्लाहरुमा गर्दै आएको प्यारा जम्प सेनाको भैरवनाथ गणको टीमले सल्यानटारमा रहेको रानीपौवामा दुई पटकमा ५० जना सेना प्यारा जम्प गरेको हो ।

सल्यानटारमा गर्ने जम्पले पर्यटकहरुलाई थप आकर्षण गर्ने स्थानियले बताएका छन् । प्यारा जम्पसँगै सल्यानटारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सहयोग पुग्ने स्थानीयको आशा र विश्वास रहेको छ ।







गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल