नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङ्को अध्यक्षमा कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।
शनिवार धादिङ बेसी सम्पन्न संघको प्रथम अधिवेशनले कुशुम सुनचादी पसल धादिङका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणभाले ७ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा ईश्वर बराईली , सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा र सदस्यमा प्रतिमा विश्वकर्मा,बिशाल विश्वकर्मा,राजकुमार विश्वकर्मा निर्वाचित भएका हुन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल