१२ गते शुक्रबार बिहान ५ः३५ बजेको समयमा धादिङबेशी स्थित नीलकण्ठ नगरपालिका वडा नं.४ रायटार प्लटिङको सडक किनारामा मृत अवस्थामा फेला परेका धादिङको रुवीभ्याली गाउँपालिका-४ का ५० वर्षीय सुक बहादुर तामाङका हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् ।

घटना अनुसन्धानको सिलसिलामा प्रहरी अधिकृतको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा कुटपिट गरी हत्या गरेको आरोपमा गजुरी गाउँपालिका वडा नं. ५ न्यौपाने गाउँ घर भई हाल नीलकण्ठ-४ रायटार वस्ने वर्ष २० को सुमन सुनार पक्राउ परेका सुनारलाई १४ गते आईतबार धादिङ अदालतबाट ज्यान सम्बन्धी कसुरमा पहिलो पटक ६ दिनको म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक सुबास हमालले जानकारी दिनुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल