पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु

बुधबार, बैशाख १७, २०८२

theme

पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ,मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।

 

महायज्ञमा निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्द गिरिजी महाराजले बुधबार विहिन ७ वजेर २७ मिनट जाँदा हवानादी कार्यको विधिवत शुभारम्भ गरी महायज्ञ औपचारिक रुपमा शुरु भएको हो । नेपाल पञ्चाड्ड निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत रुपमा शुरु गरिएको कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए । वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका अनुसार बैशाख १९ गते कोटीहोम महायज्ञमा  हवनात्मक कार्यक्रको प्रारम्भ हुने छ । सोहि दिन विहान ६ वजेर ४५ मिनेटमा अग्नी मन्थन, ७ वजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नी प्रवेश गराउने, ७ वजेर १९ मिनेटमा अग्नीमा समिधा दान र ८ वजेर ५ मिनेटमा अग्नी कुण्डमा आह्ति प्रदान गरी कोटीहोमको प्रारम्भ हुने उनले जानकारी दिए । महायज्ञमा १ सय वटा हवन कुण्ड रहेका छन् । 

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ । महयज्ञमा घरपझोङ गाँउपालिका जोमसोम मुस्ताङका अध्यक्ष मोहन सिंह लालचनले नगद २ लाख ५५ हजार प्रदान गरेका छन् । उनी यो महायज्ञमा अनाथ वच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति बनेका छन् । कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।

 

आयोजकले सामाजिक सञ्जालमा मानवसेवा फाउण्डेशन र गण्डकी कोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन्। यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल