गण्डकी कोटीहोमको स्वामी कैलाशानन्द द्वारा उत्घाटन

बुधबार, बैशाख १७, २०८२

theme

पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा आज देखि सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा सम्पन्न भएको छ ।

 

महायज्ञको आज भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उत्घाटन गरेका थिए । उत्घाटन पछि उनले कृष्णलिला कथा सुनका थिए ।उनको उपथितीले महायज्ञको थप शोभा बढाएको महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले जनाकारी दिए । कोटीहोमको आज माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । उत्घाटनमा  आज कास्की जिल्ला नेपाली कांग्रेस सभापति किशोर बराल , पत्रकार सन्तोष देउजा ,आदिले मन्तब्य राखेका थिए ।

दैनिक रुपमा कथा बाचन गर्दै आएकी कथा बचिका देवी प्रतिभाको महायज्ञमा आज अन्तिम दिन हो । यस अघि कथा बाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन सकिसकेकी हुन भने अब यसपछि दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रख्यात धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ । सुरुवाती समयमा नै राम्रो साथ भएको आयोजकले अबको दिनमा थप भक्तजन  बढ्ने प्रति बिश्वास लिएको थियो । यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

 

सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल