काठमाडौं आउने प्रमुख राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा-नौबिसे सडक खण्ड) दैनिक चार घण्टा बन्द हुने भएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना जारी गर्दै बैशाख २२ गते सोमबारदेखि वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्मका लागि सवारीसाधनहरूलाई आंशिक रूपमा रोकेर निर्माणको काम गरिने नागढुंगा मुग्लिन सडक योजना कार्यालयले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा संचालन हुने योजना कार्यालयले जनाएको छ । त्यस्तै नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनहरूका लागि भने वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरिएको छ । सीतापाइला भिमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सकिने बताइएको छ । यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।
काठमाडौं आउनी वैकल्पिक बाटो सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशुली–गल्छी सडक हुँदै जान सकिने छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल