आफ्नै श्रीमतीको हत्या गर्न ४ लाख बुझाएका श्रीमान आफैं हत्याको सिकार बने

आइतबार, बैशाख २१, २०८२

theme

गजुरी गाउँपालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलकाे हत्यामा संलग्न आइतबार जिल्ला प्रहरी कार्यालय धादिङले तिनजना आराेपितहरु सार्वजनिक गरेकाे छ ।

 

 

मृतक चुडाँमणी कँडेल र श्रीमती सुस्मिता सिलवालविच बोलचालै बन्द हुने गरि सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिए । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्’ प्रहरी नायव उपरीक्षक हमालले भने– ‘सुस्मितालाई मार्ने धेरै पटक प्रयास गरे । लामो समयसम्म प्रयास गर्दा पनि उनीहरुले सुस्मितालाई मार्न सकेनन् । उनीहरुको योजना विफल बन्यो । प्रहरी नायव उपरीक्षक हमालका अनुसार श्रीमती मार्ने सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले उनीहरुलाई छिटो काम गर्न दबाब दिएका थिए । काम गर्न नसके चार लाख रुपियाँ फिर्ता गर्न समेत दबाब दिइएको पाइएको छ । धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

०८१ चैत २४ गते बेलुका तिनजनाले कँडेल आफ्नै दुई तले घरको भुईतलाको कोठा भित्र रहेको एटेच ट्वाईलेट बाथरुम भित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा मृत लाश फेला परेको थियाे । कँडेल हत्या आराेपमा पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयाे । प्रजालाई प्रहरीले ०८२ वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेकाे थियाे ।

प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ