कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल राधिका दासी, देवी चन्द्रकला र चैतन्यकृष्ण महाराज आउने

आइतबार, बैशाख २१, २०८२

theme

 पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बाक्लिदै गएको छ ।


कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।

यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ । कोटीहोममा शनिबार करिब १५ हजार र आइतबार त्यो भन्दा बढी भक्तजन सहभागी भएको आयोजकले दावी गरेको छ । प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार १७ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ५० हजार भक्तजन सहभागी भए । आइतबार झरीको कुनै प्रवाह नगरी भक्तजनको घुइँचो लागेको ढकालले बताए ।

शनिबार देखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सयजनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए  ।
प्रतियोगितामा प्रथम हुनेलाई तीनलाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुईलाख ५५ हजार पाँच सय ५५, तृतीयहुने समूहलाई एकलाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ । 
वैशाख ३ गते भूमिपूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्मपोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल