मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङको अध्यक्षमा प्रकाश भट्ट चयन भएका छन् ।
तेस्रो अधिवेशन अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालले मोवाईलले विश्वलाई नै साँघुरो बनाएको बताए । ‘मोबाईल मानव जीवनको अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ । हामी व्यवसायीलाई चुनौति र अवसर दुवै रहेको छ । गुणस्तरिय सेवा र स्वस्थ प्रतिस्पर्धा हाम्रो धर्म हो’ उनले भने ।
सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, उपाध्यक्ष नवराज श्रेष्ठ , सचिव जलिन मिया, सह–सचिव दिपा श्रेष्ठ(दिपशिखा) र कोषाध्यक्ष शरण कुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा चन्द्रमान शाक्य, सरस्वती श्रेष्ठ, सीता श्रेष्ठ, बिनोद श्रेष्ठ र जावेद आलम रहेका छन् ।
त्यस्तै, धादिङ वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायले धादिङको व्यवसायिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको बताए । उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितमा काम गरिरहेकाले मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघलाई पनि आवश्यक सहयोग गर्ने उनले बताए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल