बर्दिया प्रहरीले २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ गरेको छ ।
जाजरकोट जिल्ला नलगाड नगरपालिका–७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवन जिल्ला राप्ती नगरपालिका–११ आरापानीका २७ वर्षिय कुमार वाईबा लाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू लु. ८० प. १४६७ नम्बरको मोटरसाइकलमा जाजरकोटदेखि नेपालगन्जतर्फ आउँदै गर्दा बाँसगढी नगरपालिका–१ चेपाङबाट पक्राउ परेका हुन् ।
चेपाङस्थित प्रहरी चेकिङ्ग टोलीले रत्न राज मार्गको सडक खणडिमा चेकजाँच गर्ने क्रममा जेब्रा झोलाभित्र कालो भिर्ने झोलामा २२ ओटा पोका बनाई राखेको अफिम फेला परेको थियो ।
पक्राउ गरेको उनीहरूलाई जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चक्रबहादुर डमरपालले जानकारी दिनु भयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल