नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको कृषि  मन्त्रीको भनाई

बिहीबार, बैशाख २५, २०८२

theme

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ ।

 

श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी,पहिरो खडेरी ,शीतलहर ,चटयाङ ,हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षती , पुर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको वताउनुभयो । कृषि मन्त्री अधिकारीले जोखिम सम्वन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न ,सस्ंथागत क्षमता अभिवृद्दि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुरयाउने  कार्यमा  नेपाल प्रतिवद्घ रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनले जोखिमहरुको आवृति र अनिश्चितता झन वढाएको उल्लेख गर्दे यसको वढि मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ , मन्त्री अधिकारीले भन्नुभयो ।

जलवायु उत्थानशील तथा प्रभावकारी पुर्वसुचना प्रणालीका लागि सदस्य राष्ट्रहरु वीच साझा दृष्टिकोण र  सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । श्रीलंका सरकार र क्षेत्रीय एकिकृत वहुजोखिम पुर्व चेतावनी प्रणाली(च्क्ष्ःभ्क्)) को संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरुमा जोखिम र जोखिम पुर्वको पुर्व सुचना र एकिकृत प्रयासका सम्वन्धमा सम्मेलनमा छलफल भएको छ  ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल