१२ औं स्थापना दिवस मनायो नीलकण्ठ नगरपालिकाले (फोटोसहित)

बिहीबार, बैशाख २५, २०८२

theme

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७१ साल वैशाख २५ गतेकोउक्त गठन भएको दिन बैशाख २५ गतेलाई नगरपालिकाले १२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि दिवस भव्य रुपमा मनाएको छ ।

 

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दै नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले प्रयोगविहिन भएर खेर गइरहेको स्वदेशी काठ प्रयोग गरि विदेशी काठको प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा सुधार गरेको बताए । वन क्षेत्र देशको मूख्य आम्दानीको श्रोत बन्ने गरि कार्यक्रम लागू गर्दैछौं । वनलाई रोजगारी तथा समृद्धिसँग जोड्दै वन संरक्षणसँगै आम्दानी गर्ने कार्यक्रम बनाएका छौं’ उनले भने ।

नगरबासीले चाहे जस्तै नगरपालिकामा विकास भएको नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए । कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरेका छौं । यो एउटा उदाहरण मात्रै हो । नगरपालिकाले उल्लेखनिय काम गरेको छ’ उनले भने । ‘विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ । आम नागरिकको जनजीवन फेरिने गरि काम भएको छ ।

उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । नगरपालिकामा सबै क्षेत्रमा विकासका कामहरु सुरु भएका छन् । उनले भने– ‘विकास निर्माण, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा धेरै परिवर्तन भएका छन् । तर यो परिवर्तनसँगै आम नागरिकका चाहना र आवश्यकताहरु पनि बढेका छन् । 

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसकै अवसरमा विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल