नेपाल लेखापढी कानून व्यावसायी एशोसियसन धादिङका अध्यक्षद्वारा आफ्नो जन्मदिनको अवसरमा जिल्ला मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान

शुक्रबार, बैशाख २६, २०८२

theme

नेपाल लेखापढी कानून व्यावसायी एशोसियसन धादिङका अध्यक्ष नवराज सिलवालले आफ्नो जन्मदिनको अवसर पारेर जिल्ला मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान गर्नुभएको छ ।

 

सिलवालले शुक्रबार लेखापढी व्यावसायी धादिङका अगुवाहरुको उपस्थितीमा मालपोत कार्यालयका सिनियर सुब्बा बिजय न्यौपानेलाई ह्विल चियर हस्तान्तरण गर्नुभएको हो । जन्मदिन भोलि शनिबार परेको तर शनिबार कार्यालय बिदा हुने भएकाले आजै शुक्रबार हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । मालपोत कार्यालयका सिनियर सुब्बा बिजय न्यौपानेले अपाङ्गमैत्री वातावरणको कार्यालय बनिरहेको अवस्थामा पनि अशक्त,अपाङ्गता भएका व्यक्तिलाई कार्यालय भित्र ल्याउन असहज भईरहेको अवस्थामा ह्विल चियर सहयोग गरी सहज वातावरण सिर्जना गर्नुभएकोमा धन्यबाद व्यक्त गर्नुभयो । अपाङ्गता,अशक्त तथा असहाय भएका व्यक्तिलाई हिँडडुल तथा आवतजावत गर्न सहयोग पुग्ने उद्धेश्यले मालपोत कार्यालयका प्रमुख खेमराज खत्रिको सल्लाह बमोजिम आफ्नो जन्मदिनको अवसर पारेर सिलवालले कार्यालयलाई ह्विल चियर सहयोग गर्नुभएको हो । फजुल खर्च गरेर पार्टी मनाएर खर्च गर्नु भन्दा यो सानो सहयोगबाट आफुलाई आनन्द महसुस हुने सिलवालले बताउनुभयो । ज्वालामुखी गाउँपालिका निवासी उहाँ नेपाली कांग्रेस निकट तरुण दल धादिङका नेता, संघिय क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष समेत हुनुहुन्छ ।

 

सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहनुभएका समाजसेवी सिलवालले कोरोनाको समय देखी बिभिन्न विपद्का समयमा र बिगतका बर्षहरुमा पनि जन्मदिनको अवसर पारेर अनाथ तथा असाहयलाई सहयोग गर्दै आउनु भएको छ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ