धादिङमा ७३ औँ कानुन दिवसमा अभिमुखिकरण तथा अन्तरक्रिया गरी मनाईयो

शुक्रबार, बैशाख २६, २०८२

theme

आज वैशाख २६ गते ७३औं कानून दिवस आज शुक्रबार सदरमुकाम धादिङबेशीमा जिल्ला अदालत धादिङले फरक मुद्दा व्यवस्थापन र न्याय सम्पादनमा म्याद तामेलीको भूमिका विषयक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाईएको छ ।

 

न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको शुरूवात यही दिनदेखि भएको मानिन्छ । कानून र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो ।  न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको  प्रवर्द्धनमा जोड दिँदै आज कानून दिवस धादिङबेशीमा जिल्ला अदालत धादिङले फरक मुद्दा व्यवस्थापन र न्याय सम्पादनमा म्याद तामेलीको भूमिका विषयक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिनुपर्ने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

 

धादिङ अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सूचना अधिकारी सुवास हमाल,बार एसोसियसन धादिङका अध्यक्ष रामकृष्ण अधिकारी लगाएत सहभागी थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ