धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबलमा संचारकर्मीलाई हराउँदै शिव दल गणको टोली विजयी

सोमबार, फाल्गुण ५, २०८१

theme

धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरीको टीमबीच भएको मैत्रीपूर्ण खेलमा शिव दल गणको टोली २–१ गोलले विजयी भएको छ । ‘महाशिवरात्री तथा नेपाली सेना दिवस २०८१’ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। मैत्रीपुर्ण खेलमा पहिलो गोल गरेर अग्रता लिएको शिव दल गणको टोलीलाई संचारकर्मीको टोलीले दोस्रो हाफमा एक गोल गर्दै बराबरीमा पुर्‍याएपनि लेखको अन्तिम समयमा शिव दल गणको टोलीले अर्को गोल थपेको थियो । शिव दल गणको दोस्रो गोल नै खेलको निर्णायक बन्न सफल रह्यो । मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, सचिव सन्तोषराज श्रेष्ठ, लगायत सहभागी थिए ।

धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबलमा संचारकर्मीलाई हराउँदै शिव दल गणको टोली विजयी

सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी अरुण कार्कीले बताए । मैत्रीपूर्ण फुटबलपछि प्रमुख सेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे । सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबलमा संचारकर्मीलाई हराउँदै शिव दल गणको टोली विजयी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल