आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि धादिङमा सवारी दुर्घटनाबाट २४ जना मृत्यु र दुई सय ४८ दुर्घटना

बुधबार, बैशाख ३१, २०८२

theme

आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि धादिङमा सवारी दुर्घटनाबाट २४ जना मृत्यु र दुई सय ४८ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्कमा देखिएको छ ।

 

सवारीसाधन चलाउने चालकले होसियारी अपनाउन नसक्दा दुर्घटनाका घटना धेरै घट्छन्। प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही नै हो। तीव्र गति, मादकपदार्थ सेवन र यान्त्रीक गडबडी र ओभरटेक, पैदलयात्रुको लापरवाहीजस्ता कारणले दुर्घटना हुने गर्छन् । तथ्याङ्कानुसार आर्थिक वर्ष २०८१/८२ दुर्घटनामा परेर धादिङ जिल्लामा पुरुष १७,महिला ५ र बालबालिका दुई गरी २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार सय १७ जना जना घाइते महिला १२२,पुरुष २५७ बालबालिका ३८ भएका छन् जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।


आर्थिक वर्ष २०८१/८२ सुरु भएपछि सवारी दुर्घटना संख्या-२४८ ट्र्रक÷ट्यांकर–४४,ट्रिपर–५,बस–२२ ,माइक्रो–१४,जिप कार भ्यान–३९,ट्रयाक्टर–२,टेम्पो,मोटरसाइकल–१२०,अन्य–१ सवारी दुर्घटना भए ।  कारवाहीमा परेको सवारी संख्या–७,५५५ वटा जसमध्ये बस÷माइक्रो–६०१ वटा,ट्रक÷ट्रिपर–२७६८ वटा,ट्रयाक्टर–९२,कार÷जिप÷भ्यान–२५१८ वटा,दुई पाङ्ग्रे सवारी– १४१० वटाअन्य–१६६ वटा,प्रयोजन विपरीतको कारबाही संख्या–३२८ हाल सम्म जरिवाना रकम ५९ लाख, ९५ हजार,पाँच सय पाँच रुपैँया राजश्व सङ्कलन भएको छ ।

 

ट्राफिक नियम पालना गर्नु सुरक्षित यात्राको प्रमुख आधार हो । नियम पालना गरेर आफैं सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ