धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

बुधबार, बैशाख ३१, २०८२

theme

धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस पृथ्वी राजमार्ग अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी अनुसार मृत्यु हुनेमा पोखरामा बस्दै आएकी धादिङकी झाँङमाया गुरुङ रहेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइ रहेको छ । उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ