धादिङबेँसी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना विसं २०७९ जेठमा सुरु भएको सहलगानी खानेपानी आयोजना अब अन्तिम चरणमा पुगेको छ ।
धादिङबेँसीलगायतका स्थानमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । नीलकण्ठ नगरपालिका नगर प्रमुख,नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले तिर्खामुक्त नगर बनाउने अभियानका साथ काम अघि बढिरहेको र अब ५० वर्षसम्म धादिङबेँसीमा पानीको अभाव हुने छैन र अर्को विकल्प पनि खोज्नु पर्दैन । नगरवासीलाई खानेपानीको सहज आपूर्ति गर्नका लागि विभिन्न निकायसँग समन्वय गरेर ४६ करोड रुपियाँको लागतमा निर्माण हुने उक्त खानेपानी आयोजना बागमती प्रदेशकै ठुलो योजना र नगरवासीले तिर्नुपर्ने रकमसमेत नगरपालिकाले बेहोरोको ढुङ्गानाको भनाइ छ ।
अल्छिडाँडा दुई सय घनमिटर, अधिकारी डाँडामा दुई सय घनमिटर, राम्चेमा ५० घनमिटर, डाँडागाउँमा एक सय घनमिटर र भानुपार्कमा चार सय घनमिटर क्षमताका वितरण ट्याङ्कीको निर्माण भइसकेको छ । कार्यालय भवनको ९० प्रतिशत निर्माण पनि पूरा भएको छ । कुल ८६ किलोमिटर पाइप लाइनको निर्माण रहेकामा ३८ किलोमिटर निर्माण भइसकेको छ । हाल इजारा र प्रगति टोल पुछार बजारमा पाइप लाइनको काम चलिरहेको छ । १५० घरधुरीमा पानीको धारा जडान गरिएको छ भने कुल पाँच हजार १६४ घरधुरीमा पानीको धारा जडान गर्ने लक्ष्य राखिएको छ ,हालसम्म आयोजनाको ४९.३९ प्रतिशत वित्तीय र ५६ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख विवेक खतिवडाले जानकारी दिनुभयो ।
अहिले धादिङको नीलकण्ठ नगरपालिकाका विभिन्न वडामा खानेपानी पु–याउन वितरण ट्याङ्की निर्माण, पाइप लाइन जडान र शुद्धीकरण संयन्त्रको कार्य भइरहेको छ । आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ का पाँच हजार १६४ घरधुरी लाभान्वित हुने छन् । भुलभुले क्षेत्रका लागि २५ घनमिटर ट्याङ्की निर्माण र ट्रिटमेन्ट प्लान्ट निर्माण भने बाँकी रहेको योजना प्रमुख खतिवडाले बताउनुभयो ।
कार्यसम्पन्न हुने समय २०८२ असारसम्म तय गरिएको छ । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रबन्धक निर्देशक सहदेव खड्काले म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त खानेपानी आयोजनाको काम सम्पन्न भएपछि धादिङबेसीको खानेपानीको समस्या हल हुनेछ । उत्कृष्ट खानेपानी वितरण स्थापना गर्ने गरी बजार क्षेत्रको खानेपानी पाईप लाईन विस्तार भईरहेको छ । बैज्ञानिक तथा आधुनिक तरिकाबाट खानेपानी वितरण गरिनेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ