धुलिखेल ७ जिल्ला प्रशासन कार्यालय अगाडीको बिधुत पोलमा तार जोड़न पोल चढेका सर्लाहि लालबन्दि न.पा. बस्ने बर्ष २८ को उज्वल नेपाली (परियार) को जलेर पोलमै जलेर मृत्यु भएको छ ।
११,००० भोल्टको हाइट्रेसन बिजुलिको पोलमा चढी काम गरिरहेको अवस्थामा अचानक विद्युत प्राधिकरणले बिना सूचना लाइन छाड्दा बिधुत पोलमा नै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले जानकारी दिए । लासलाई पोलबाट झिकि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको र घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल