तनहुँको बन्दीपुरमा फोटो यात्रा अभियान सुरु,बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया

आइतबार, जेष्ठ ४, २०८२

theme

नेपाल फोटो पत्रकार समुहले शनिबार आयोजना गरिएको तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा फोटो यात्रा, ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत अभियानको अभियान सुरु गरेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सञ्चार माध्यममा फोटो तथा भिडियोको प्रकाशन/प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भन्दै यस अभियानले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन प्रचारप्रसार अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  नेपाल फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले बन्दीपुरको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने लक्ष्यसहित पत्रकारहरुलाई बारम्बार यहाँको ताजा तस्बिर संकलन गर्न आग्रह गर्नुभयो । उहाँले बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्यले सञ्चार माध्यममा विशिष्ट स्थान पाउने भएकाले निरन्तर फोटो अभियान आवश्यक रहेको बताउनुभयो।  कार्यक्रममा फोटो पत्रकारहरुले तस्बिर र भिडियोको माध्यमबाट बन्दीपुरको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले बन्दीपुरको सौन्दर्य प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सञ्चारकर्मीको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो। बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले फोटो पत्रकार समुहको अभियानले भ्रमण वर्षको सफलतामा थप ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बन्दीपुरको प्रवर्द्धनका लागि सञ्चारकर्मी र फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ। तस्बिरले भावनालाई बोलाउँछ, र बन्दीपुरको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिरमार्फत संसारभर पुर्‍याउने अभियानलाई हामी स्वागत गर्छौं ।

फोटो पत्रकार समुह तनहुँका अध्यक्ष विष्णु गौतमका अनुसार उक्त अन्तरक्रिया कार्यक्रममा तनहुँ र कास्कीका गरी २८ जना फोटो पत्रकारको सक्रिय सहभागिता रहेको थियो।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल