नेवा: देय दवुको अधिवेशन अन्योल ५ सय प्रतिनिधि अलपत्र

आइतबार, जेष्ठ ४, २०८२

theme

नेवार समुदायको राष्ट्रिय संगठन नेवा: देय दवुको अधिवेशन बन्दसत्रमा आएर रोकिए पछि ७७ जिल्लाबाट आएका प्रतिनिधि अलपत्र परेका हुन ।

नेवा: देयदवुको ८ औं राष्ट्रिय अधिवेशन जेष्ठ २ र ३ गते भएको कार्यक्रममा देशभरबाट ५ सय प्रतिनिधिमा ४ सय १२ जना प्रतिनिधि उपस्थित थिए । प्रत्येक एक जना प्रतिनिधिबाट ४ हजार रकम समेत असुल गरेको थियो ।  नेवा:देयदवुका अध्यक्ष पबित्रमान बज्राचार्य एकाएक बन्दसत्रको कार्यक्रम स्थलबाट प्रमुख जिल्ला अधिकारीले बोलाएको छ भन्दै निस्किए थिए । निस्किएका अध्यक्ष कार्यक्रम स्थल नै नफर्की आफु बसेको थारु रिसोर्टबाट काठमाडौ भागेको उपस्थित प्रतिनिधिहरुले बताए । नेवा: देयदवुको ८ औं महाधिवेशन गण्डकी प्रदेशको नवलपुर जिल्लाको डण्डामा भएको उद्घाटन सत्र र अमलटारी मध्यबर्ती सामुदायिक होमस्टे थारु कल्चर हलमा भएको बन्द सत्र कार्यक्रम संचालन गरेको केहि समय पछि रोकिएको थियो । रोकिएको बन्दसत्र संचालन हुने आशामा बसेका प्रतिनिधि राती अबेर सम्म पनि कार्यक्रम संचालन हुन सकेन । रोकिएको कार्यक्रम संचालन हुने नहुने कुनै सुचना समेत नेवा: देयदवुले नदिए पछि चुन्न चुनाउन आएका प्रति निधि ४ गते बिहानबाट घर फर्किन थालेका हुन ।

प्रतिनिधिहरुबाट असुल गरेको रकमबाट अध्यक्ष लगाएत केही पदाधिकारी महंगो रिसोर्टमा बसी बिभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुलाई भने खान बस्न समेतको असुविधाले आफु खुशि टाढाको होटलमा बस्न बाध्य भएको उपस्थित प्रतिनिधिहरुको गुनासो थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल