७ बर्षिया बालिकालाई ठक्कर दिने मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा

सोमबार, जेष्ठ ५, २०८२

theme

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बालिकालाई ठक्कर दिएर फरार भएका मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरेकी सात वर्षिय दिपिका वि.क. मोटरसाईकलले ठक्कर दिई सडकमा लडिरहेको अवस्थामा फेला परेकी हुन् । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ । सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका खेमलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।  

काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवंम प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल