गुम्दीमा ग्रामिण क्षेत्रका महिला दिदिबहिनीहरुलाई उद्घोेषण तालिम आजबाट शुभारम्भ

सोमबार, जेष्ठ ५, २०८२

theme

धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा ग्रामिण क्षेत्रका महिला दिदिबहिनीहरुलाई उद्घोेषण तालिमको शुभारम्भ गरिएको छ ।

 

गङ्गाजमुना गाउँपालिका गुम्दी वडा नम्बर ३ र ४ का ३० जना महिला दिदिबहिनीहरु तालिममा सहभागी रहेका छन् । महिला दिदिबहिनीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले एक साताको उद्घोषण तालिमको आयोजना गरिएको हो । तालिम उद्घाटन समारोेहकोे सम्बोधन गर्दै गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले नेतृत्व तहमा महिल दिदिबहिनीहरुलाई पुर्याउन तालिमको आयोजना गरिएको बताए । ‘महिलाको सक्रिय सहभागिता भएमात्रै वडा तथा पालिकाको विकास संभव रहन्छ । तर दिदिबहिनीहरु आफ्ना कुरा राख्न सक्ने अवस्थामा हुनुहुन्न’ उनले भने– ‘वडा तथा पालिकाबाट विभिन्न खालका सेवाहरु प्रवाह भइ रहेका छन् । विकास निर्माण लगायतका काम भइ रहेका छन् । विभिन्न सहकारी तथा समूहमा उहाँहरु आवद्ध पनि छन् । तर ति कुराहरु खोजी गर्ने, प्रश्न गर्ने, कार्यक्रम सञ्चालन गर्ने, वडा तथा पालिकाको हरेक काम र गतिविधिको खोजी र चासो गर्ने यो तालिमले बनाउने छ ।

अबको नेतृत्वमा महिलाको सहभागिता बढाउन यस तालिमले ठूलो सहयोग पुग्ने वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले बताए । ‘वडा तथा पालिका लगायत सेवा प्रदायक संंस्थाबाट प्रवाह भएको सेवा तथा सुविधाका विषयमा प्रश्न राख्ने र महिला दिदिबहिनीहरुले कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउन उद्घोषण तालिमको आयोजना गरिएको हो । तालिम पश्चात उहाँहरुकोे क्षमता विकासपछि गाउँको विकासमा चासो दिने र जुनकुनै ठाउँमा आफ्ना कुरा राख्न सक्ने छन्’ उनले भने । महिलाको सक्रिय सहभागिताबिना विकास संभव नरहेको वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर घलेले बताए । यो तालिमले महिला दिदिबहिनीले आफ्ना कुरा र महिलाका सवालका विषयमा बोल्न सक्ने हुने छन् । महिला दिदिबहिनहरु अबको नेतृत्व लिन सक्ने गरी अघि बढ्न आवश्यक छ । उनले भने– ‘महिलाप्रति हेर्ने दृष्टिकोणलाई अब परिवर्तन गर्न जरुरी छ, समाज निर्माणमा महिला सहभागिता अनिवार्य भई नेतृत्व पनि लिन आवश्यक छ ।

एक सातासम्म चल्ने उद्घोषण तालिममा पत्रकारहरु अर्जुन श्रेष्ठ र सन्तोष श्रेष्ठले सहजीकरण गरिरहेका छन् । एक सातासम्म चल्ने तालिममा उद्घोषण, भाषण कला, माइन्यूट लेखन लगायतका विषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ